चिनियाँ कम्युनिस्ट पार्टीकाे महासचिवमा पुन: सी जिनपिङ चयन

निरन्तर न्यूज
६ कार्तिक २०७९, आईतवार ०७:२४

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई पुन: महासचिवमा चयन गरेको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् । योसँगै महाधिवेशन सकिएको छ ।

अक्टोबर १६ देखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप बलियो बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनले अवकाश लिएका छन । अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् । त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् भने भने हान झेन उपप्रधानमन्त्री हुन् ।
आगामी आइतबार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटी बैठकबाट पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गर्ने ग्लोबल टाइम्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*