मंगलबार सरकारले सार्बजनिक बिदा दिने

निरन्तर न्यूज
३१ आश्विन २०७९, सोमबार २१:३४

काठमाडाैं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको शाेकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

जोशीको आइतबार १०३ वर्षको उमेर निधन भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेलका अनुसार सबै सरकारी कार्यालय, संघसंस्थाहरू, विदेशस्थित कुटनीतिक नियाेगमा बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय भएकाे छ ।

हेर्नुहाेस् याे सूचना

govbida.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*