बंगलादेशमा डुंगा दुर्घटना, ३३ जनाको मृत्यु

निरन्तर न्यूज
११ आश्विन २०७९, मंगलवार ०७:३०

एजेन्सी, ढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

दुर्घटनामा अझै केही बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*