फिलिपिन्स पूर्वी टापुमा आँधी आउँदा ८४ हजारलाई सुरक्षित क्षेत्रमा सारियाे

निरन्तर न्यूज
१० आश्विन २०७९, सोमबार ११:३७

एजेन्सी । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि ८४ हजार भन्दा बढी मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ । टाइफुन नोरुले देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा (१४९ माइल प्रतिघण्टा) सम्मको आँधी आएको छ ।

लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

प्रभावित क्षेत्रका ८४ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित क्षेत्रमा सारिएको छ भने राजधानी मनिलाका क्षेत्रहरूमा गम्भीर बाढी को चेतावनी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*