काठमाण्डाैँमा गाेली प्रहारबाट माेहम्मद दर्जी घाइते
काठमाडौं । काठमाडाैंको गोठाटारमा गोली प्रहारबाट घाइते व्यक्ति सर्लाहीका व्यवसायी रहेको खुलेको छ । घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ