ग्रेटर बोस्टन नेपाली सामुदय निर्वाचनको तयारीमा जुट्यो
बाेस्टन । अमेरिकाको मासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) यतिबेला निर्वाचनको तयारीमा जुटेको छ। विधान अनुसार वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचनमा जुटेको हो। संस्थाका अध्यक्ष मिलन कुमार कार्कीले दिनु भएको जानकारी अनुसार कार्यसमितिले संस्थाको विधान बमोजिम आगामी दुइ वर्षे कार्यकाल(२०२२-२०२४) का लागि नयाँ कार्यसमिति चयन गर्न विरोचन नेपालको संयोजकत्वमा, प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेर निर्वाचन सम्पन्न गर्न अख्तियारीसहित जिम्मेवारी सुम्पेको छ।
निर्वाचनका सम्बन्धमा जानकारी दिदै संस्थाका अध्यक्ष कार्कीले भन्नु भयो,’ निर्वाचनको तयारी थालिसकेका छौं। निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न मासाचुसेट्स वासी नेपाली, आप्रवासी नेपाली तथा नेपाली भाषी समुदायको सक्रिय सहभागिताको खाँचो छ। त्यसका लागि सबैलाई अनुरोध गर्दछौं।’ उहाँले भन्नु भयो,’ अहिले हामी निर्वाचनको प्रचार प्रसार गर्नमा र संस्थामा धेरै भन्दा धेरै नेपाली समुदायलाई आबद्ध गराउने अभियानमा जोड दिइरहेका छौं।’
संस्थाले दिएको जिम्मेवारी अनुसार निर्वाचन समितिले पनि आफ्नो काम सुरु गरिसकेको छ। समितिले संस्थाको विधान अनुसार यही सेप्टेम्बर २५, २०२२ तारिखका दिन निर्वाचन सम्पन्न गर्ने गरी सूचना जारी गरिसकेको छ। भने, निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।
निर्वाचन समितिका संयोजक बिरोचन नेपालले निर्वाचन तयारीका सम्बन्धनमा जानकारी दिदै भन्नु भयो, ‘संस्थाको विधान अनुसार निर्वाचन सम्पन्न गरेर संस्थाले दिएको जिम्मेवारी पुरा गर्नमा हामी निर्वाचन समिति प्रतिबद्ध छौं। त्यसका लागि आवश्यक तयारी समेत थालिसकेका छौं।’ उहाँले भन्नु भयो, ‘
निर्वाचन सम्पन्न गर्न आवश्यक चरण बद्ध तयारी अन्तर्गत निर्वाचन सम्बन्धि सूचना जारी गर्नुका साथै निर्वाचन कार्य तालिका समेत सार्वजनिक गरिसकेका छौं।’ संयोजक नेपालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ सहयोगको अपेक्षा गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नु भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचना र निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ:
१, आगामी दुई (२०२२-२०२४ ) बर्षको लागी हुन गईरहेको निर्वाचनमा निम्नानुसरको पद र संख्यामा निर्वाचन हुनेछ ।
अध्यक्ष – संख्या १
वरिष्ठ उपाध्यक्ष – संख्या १
उपाध्यक्ष – संख्या २
महिला उपाध्यक्ष – संख्या १
महासचिब – संख्या १
सचिब – संख्या १
कोषाध्यक्ष – संख्या १
सह कोषाध्यक्ष – संख्या १
सदस्य – संख्या २४
२, निर्वाचनमा चुन्न र चुनिनको लागी ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता आनिर्वायरूपमा लिएको हुनु पर्नेछ ।
३, आगामी दुई (२०२२-२०२४) बर्षको लागी हुन गईरहेको निर्वाचनमा २३ सेप्टेम्वर २०२२ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागी योग्य हुनेछन।
४, २३ सेप्टेम्वर २०२२ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरूको नामावली माथी छानबिन गरी (जि.वि.एन.सि.)को कार्य समितिले सम्पूर्ण सदस्यको विवरण र सदस्यता रसिदको अर्धकट्टी र सदस्यता शुल्कको विबरण समेत २४ सेप्टेम्वर २०२२ सम्म निर्वाचन समितिलाई दाखिला गरी सक्नु पर्ने छ ।
५, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को कार्यसमितिले बुझाएको सदस्यता नामावलि निर्वाचन समितिले २४ सेप्टेम्वर २०२२ का दिन दिउसो ५ वजे निर्वाचन समितिको कार्यलयमा र (जि.वि.एन.सि.) को आधिकारिक फेसवूक पेजमा प्रकाशन गर्नेछ ।
६, २५ सेप्टेम्वर २०२२ दिनको १ देखी २ सम्म मतदाता नामाबली उपर दावी विरोध गर्न सकिनेछ ।
७, २५ सेप्टेम्वर २०२२ दिनको २ः३०वजे अन्तिम नामावली प्रकाशन गरीनेछ ।
८, २५ सेप्टेम्वर २०२२ दिनको ३ देखि ४ वजे सम्म उम्मेदारी दाखिला गर्न सकिनेछ ।
९, २५ सेप्टेम्वर २०२२ दिनको ४ः१५मा उम्मेदवारी नामावाली प्रकाशन गरीनेछ ।
१०, २५ सेप्टेम्वर २०२२ दिनको ४ः१५सम्म उम्मेदारहरूको नामावली माथी दावी विरोध ।
११, २५ सेप्टेम्वर २०२२ दिनको ४:३०बजे उम्मेदारहरूको अन्तिम नामावलि प्रकाशन ।
१२, २५ सेप्टेम्वर २०२२ दिन सॉझ ५ वजे देखि ७ वजे सम्म निर्वाचन ।
१३, निर्वाचन हुने स्थान:-
पशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन
594 Washington St
Braintree MA 02184
१४, २५ सेप्टेम्वर २०२२ दिन सॉझ ७ वजे निर्वाचन सम्पन भएपछि मतगणना र घोषणा ।
१५, निर्वाचन समितिको कार्यलय
पशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन
594 Washington St
Braintree MA 02184
United States मा तोकिएको छ ।
१६, निर्वाचन संग सम्वन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ ।
१७, उम्मेदवारी शुल्क अध्यक्ष १०० डलर , वरिष्ठउपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सह कोषाध्यक्ष ५० डलर र सदस्यहरूलाई ३० डलर तोकिएको छ ।