अन्तत: ९ सेकेन्डमै ढल्याे ३२० फिट ट्विन टावर

निरन्तर न्यूज
१३ भाद्र २०७९, सोमबार १०:३८

काठमाडौं । भारतको राजधानी दिल्ली नजिकै नोयडामा बनेका विवादास्पद ट्विन टावर्स आज आइतबार भत्काइएको छ । करीब ३७ सय किलोग्राम बारूदले दुबै टावर ध्वस्त बनाएको हो ।

‘एपेक्स’ र ‘केएन’ नामक टावर ३० तले थिए । दुबै टावरको उचाइँ ३२० फिट थियो ।

टावर गिराउँदा वरपरका घर खाली गराइएको थियो भने सडक पनि बन्द गरिएको थियो । अवैध रुपमा बनेको पुष्टि भएपछि अदालतको आदेशमा दुबै टावर ध्वस्त बनाइएको हो ।

ट्विन टावर रहेको क्षेत्रमा अब पर्यावरण संरक्षण गर्ने उदेश्यले सडक, फुटपाथ, पार्क लगायतका संरचना बनाइने बताइएको छ । भग्नावषेश हटाउन २०० कर्मचारी खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*