बाढी पहिरोले पाकिस्तान संकटमा, १ हजार जनाको मृत्यु

निरन्तर न्यूज
१२ भाद्र २०७९, आईतवार ०८:०३

इस्लामावाद। पाकिस्तानको जनजीवन बाढी पहिरोले क्षत विक्षत बनाएको छ । जुन महिना यता मात्रै पाकिस्तानमा बाढी र पहिरोमा परेर १ हजार जना भन्दा धेरैको ज्यान गएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि विपद्को परिमाण सोचेभन्दा ठूलो भएको बताएका छन्। उनले अगस्टको औसत झण्डै आठ गुणा वर्षा भएको पनि जानकारी दिए । उनले बाढी पहिरोको क्षति निकै ठूलो भएको भन्दै अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको बीबीसीले जनाएको छ।

बाढीले जुनदेखि पाकिस्तानभर १ हजार मानिसको ज्यान लिइसकेको छ, हजारौं विस्थापित भएका छन् र लाखौं बढी प्रभावित भएका छन्। पाकिस्तानमा बाढी आउनु सामान्य कुरा होइन तर अहिले मानिसहरूले यी वर्षाहरू फरक-फरक भएको बताएका छन् । उनिहरुले अहिलेसम्म नदेखेको वर्षा र बाढी देखिएको बताएका छन् । लारकाना सहर नजिक हजारौं माटोका घरहरू पानीमुनि डुबेका छन्। गाउँमा मानिसहरु खानाको लागि आतुर छन् । धेरै बालबालिकामा पानीजन्य रोगहरू देखा परेका छन्। दक्षिणी सिन्ध प्रान्तमा आर्थिक सहायता लिन बाढी पीडितहरू लाइन बसिरहेका छन्प्रधानमन्त्री शरीफले देशको जनसंख्याको लगभग १५ प्रतिशत अर्थात बाढीबाट ३ करोड ३० लाख भन्दा धेरै मानिस प्रभावित भएको बताए। उनले यस सिजनको बाढीबाट भएको क्षति २०१०-११ को बाढीको तुलनामा रेकर्डमा सबैभन्दा बढी भएको बताए । पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि अपील गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*