लोक सेवामा आमा र छोराले एकैपटक नाम निकाले

निरन्तर न्यूज
२८ श्रावण २०७९, शनिबार १०:०४

नयाँ दिल्ली । भारतको केरल राज्यमा पर्ने मलप्पुरमको एउटा परिवारमा एकै साथ दोब्बर खुसी आइलाग्यो । भारतीय लोक सेवा आयोग परीक्षा दिएका ४२ वर्षीया आमा विन्दु र २४ वर्षीय छोरा विवेकले एक साथ नाम निकाले ।

आमाकै प्रेरणाले आयोग परीक्षा तयारीका लागि कोचिङ पढेर यो सफलता हात लागेको छोरा विवेकले बताएका छन् ।

‘हामी एकैचोटी सरकारी सेवाका लागि योग्य हुन्छौ भन्ने सोचेकै थिएनौं,’ विवेकले भारतीय समाचार एजेन्सीसँग कुरा गर्दै भनेका छन्, ‘हामीले एक साथ पढेर एकै साथ सरकारी सेवामा नाम निकाल्दा धेरै खुसी छौं ।’

विन्दुले छोरालाई १० कक्षा पढ्दा देखि नै लोक सेवा आयोगका पाठ्यक्रम पढ्न प्रेरित गर्दै आएकी थिइन् । विन्दुले लोक सेवाको परीक्षा दिएको तेस्रो पटकमा लोअर डिविजनल क्लर्क पदमा नाम निकालेकी हुन् । विवेकले भने लास्ट ग्रेड सर्वेन्ट्समा नाम निकालेका छन् ।

केरलामा सरकारी जागीरका लागि परीक्षा दिन पाउने उमेर हद ४० भए पनि केही अपवादमा थप तीन वर्षसम्म परीक्षा दिन पाइने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*