अन्तर्राष्ट्रिय सामाजिक अवार्ड बाकुमा हुने

निरन्तर न्यूज
२३ श्रावण २०७९, सोमबार २१:४४

हेटौंडा । हेटौंडाको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बाकुमा चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्डको आयोजना गर्ने भएको छ । आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अवार्डको बिषयमा जानकारी दिएको हो ।
अवार्डमा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नेछन् । यसअघि सन्देश इन्टरनेशनल अवार्डको नाममा प्रदान गरिँदै आएकोमा यस बर्ष अन्तर्राष्ट्रिय सामाजिक अवार्ड बनाइएको छ ।
अवार्डका विधा र प्रकृति उस्तै रहेपनि अझै वृहत र धेरै विधा समेट्ने उद्देश्यले नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । भदौ २७ गतेदेखी असोज ३ गतेसम्म अजरवैजान (बाकु) र दुवई भ्रमण तथा अवार्ड कार्यक्रम गरिने उनले बताए ।
मुख्य कार्यक्रम भने भदौ २९ गते अजरवैजानको राजधानी बाकुमा हुनेछ । आयोजक संस्था सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था भएको बताइएको छ । विगतका बर्षहरु झैं यसबर्ष पनि विभिन्न क्षेत्रमा कृयाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा नेपालसंगै युरोप, जापान, अमेरिका, थाइल्याण्ड, कतार, मलेसिया, सिंगापुर, चाइना लगायतका मुलुकबाट सहभागिता हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा अजरवैजान र दुबईको विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व एवम् उद्योगी व्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुनेछ ।
विभिन्न २५ विधामामा २५ जनालाई चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्ड गरिनेछ । अनलाइन गुगल फारम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने र अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*