देशको लागि बलिदानी दिन्छु भन्दा पनि सुख पाइन : प्रचण्ड

निरन्तर न्यूज
२२ श्रावण २०७९, आईतवार २२:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको निम्ति बलिदान गर्छु भन्दा पनि सुख नपाएको बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

हिरोसिमामा बम हानेको ठाउँ हेरेको बताउँदै उनले भने, ‘हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।’

नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेकोले त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन्,’ उनले भने ।

नेपालमा असाध्यै नकारात्मक सोच्ने मानिस रहेको गुनासो गरेका उनले जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दे नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए ।

संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ । उनले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उनले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै उनले भने, ‘आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्न परेन । यस आधारमा पनि म भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*