हेटौंडाको वनस्खण्डी मन्दिरको सभा सम्पन्न

निरन्तर न्यूज
२१ श्रावण २०७९, शनिबार २१:३२

हेटौंडा  । हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर २ म रहेको वनस्खण्डी मन्दिर पर्यटन विकास समितिको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । धार्मिक एवम् पर्यटकिय  सम्भावना बोकेको समितिका अध्यक्ष राममान श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । सभाको प्रमुख अतिथि हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथि वनस्खण्डी देवी सामुदायिक वन उपाभोक्ता समूहका अध्यक्ष भवसागर श्रेष्ठ, अतिथिहरु टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा २ का अध्यक्ष मनिषा घले, कुष्माण्ड सरोवर त्रिवेणी धामका उपाध्यक्ष कुमार पौडेल र वनस्खण्डी युवा क्लवका अध्यक्ष विक्रम बानियाले मन्तव्य राख्नु भएको थियो । त्यस्तै साधारण साभाले कोषाध्यक्ष नियुक्त गरेका राजुराम राउतको नाम अनुमोदन समेत गरेको छ ।
सभाको उद्घाटन सत्रमा संस्थागत प्रतिवेदन सचिव पवन कार्कीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष राजुराम राउतले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष राममान श्रेष्ठले मन्तव्य राख्नुहुदै कोभिडको कारण दुई वर्षको वार्षिक सभा एकै पटक गर्नुपरेको, बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिका कार्यालयबाट बजेटको व्यवस्थापन भएकोले उक्त बजेटबाट आगामी छ महिना भित्र मन्दिरको पूर्वाधार निर्माणसुधार सम्पन्न गरी २३ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम गरिने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले वडामा विकास निर्माण र पर्यटकीय सम्भावनाका विभिन्न आयामहरु पहिल्याई काम गर्न सकिने अवस्था भएकोले आफू त्यसमा क्रियाशील रहेको बताउनु भयो । उहाले वन समूह र मन्दिर समितिबीच समन्वय तथा सहकार्य गरी कामहरु गर्दा उपयुक्त हुने विचार राख्नुभएको थियो । वन समूहको जमिन उपलब्ध हुने भएमा शहरी स्वास्थ केन्द्र र वडा कार्यालयको भवन वनस्खण्डी क्षेत्रमा बनाउन सकिने उहांको विचार रहेको थियो ।
सभाको दोश्रो अथवा बन्द सत्रमा संस्थागत र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो । सहभागिहरुले थप सरसफाई, दुव्र्यसन तथा असामाजिक गतिविधि निरुत्साहन, समयमै वार्षिक सभा अयोजनालगायतका विषयहरु उठान गर्नुभएको थियो । सभामा हेटौंडा वडा नं. २ का विभिन्न टोल विकास संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु, वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका आजीवन तथा परिषद् सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*