सनातन पितृमुक्तिका लागि सद्भाव युवा समाजकाे आर्थिक सहयाेग

निरन्तर न्यूज
३२ असार २०७९, शनिबार १७:०१

भक्तपुर । बैदेशिक राेजगारीबाट फर्केका युवाहरुकाे एक संस्थाले सनातन धर्म र संस्कृतिकाे जगेना गर्ने उद्देश्यले गठ्ठाघरमा निर्माणाधिन भवनकाे लागि आर्थिक सहयाेग गरेका छन् ।

सहयाेग, सद्भाव र सामाजिक उत्तरदायित्व भन्ने मुल नारालाई आत्मसाथ गर्दै ‘सद्भाव युवा समाज नेपाल, कतारको पहलमा पितृमुक्त्ति तथा जेष्ठ नागरिक समाज नेपालको भवन निर्माणकाे लागि सहयाेग गरिएकाे हाे ।

यसै क्रममा यस संस्थाले भक्तपुर जिल्लाकाे मध्यपुर थिमि नगरपालिका वडा न ३ गठ्ठाघरमा निर्मानाधिन सनातन पितृमुक्त्ति समाज तथा जेष्ठ नागरिक समाज नेपाल को बहुउद्देश्यीय भवनलाई बृदा आश्रम र बृद्धबृद्धाहरुको लागि पुस्तकालय बनाउन सद्भाब युवा समाज कतारबाट  ३४ हजार ५ सय र सद्भाब युवा समाज नेपालबाट १६ हजार ६ सय गरि ५१ हजार १ सय रुयपैया सहयाेग गरिएकाे छ ।

त्यस्तै सामाजिक अभियन्ता एवम् समाजका अध्यक्ष प्रदिप रुपाखेतिले आफ्नो स्वर्गीय आमा दुर्गादेबि रुपाखेतिको स्मृतिमा ५१ हजार ५ सय रुपैया सहयाेग गर्नुभएकाे छ ।

त्यसैगरि युवा समाजका सचिव बाबुराम दाहालले आफ्नो स्वर्गिय पिताकाे नाममा ५१ हजार १ सय रुपैया सहयाेग गर्नुभएकाे छ ।

सहयाेग गरिएकाे कुल रकम आज एक कार्यक्रमका बीच पितृमुक्त्ति तथा जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष खेम प्रसाद सुबेदिलाई हस्तान्तरण गरिएकाे छ ।

पुर्खाले आर्जेको धर्म, संस्कृतिसँगै इतिहासको जगेर्ना गरेर नै समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सकिने भएकाेले आफुहरुले बिभिन्न क्षेत्रबाट सहयाेग जुटाउन पहल गरिरहेकाे युवा समाज नेपालका अध्यक्ष प्रदिप रुपाखेतीले जानकारी दिए । निर्माणाधिन भवन मध्यपुर थिमि नगरपालिका ३ स्थित गठ्ठाघरमा रहेकाे छ ।

सिन्धुलीमा आँखा शिविर हुने

सद्भाव युवा समाज नेपालले आउँदाे श्रावण ७ गते शनिवार सिन्धुलिको राताेमाटाको झागाझोलिको एक बिकट गाउँमा निशुल्क शल्यक्रियासहितको आँखा शिबिर सन्चलान गर्ने अध्यक्ष रुपाखेतिले जानकारी दिनुभयो ।

के हाे सद्भाव युवा समाज नेपाल/कतार ?

बैदेशिक रोजगारीको शिलशिलामा कतार को दोहा स्थित कतार एयरवेजमा कार्यरत नेपालि दाजुभाईहरुले प्राकृतिक बिपत्ति तथा महामारी जस्ता दैबि प्रकोपलगायत सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले आफ्नो मिहिनेतले कमाएको रकमकाे केही अंश सामाजिक कार्यमा लगाउन छुट्टाएको र उक्त रकमलाई सही कार्यमा सदुपयोग गर्न कतारको राजधानी दोहामा २०६४ साल ( सन् २००८) मा ‘सद्भाब युवा समाज कतार’को परिकल्पना गरेर नामाकरण गरि सेवा सुरु गर्दै आएकाे हाे । हाल पनि कतारमा बैदेशिक रोजगारमा रहनु भएका साथिहरुले निरन्तररुपमा यसलाई अगाडि बढाई नै रहनु भएको छ । साथै त्यहाँ बाट आफ्नो जन्मभुमिमा फर्केका साथिहरुले पनि यसलाई निरन्तरता दिने उदेश्यले साथिहरुलाई एकै ठाउमा जुटाउने र सामाजिक कार्यलाई प्राथमिकता दिदै सोहि संस्थालाई काठमाडौं जिल्ला प्रशासन कार्यालय मा २०७४ सालमा दर्ता गरि “सदभाब युवा समाज नेपाल ” नामकरण गरि आफ्नो जन्मभूमिमा “सहयोग, सद्भाब र सामाजिक उत्तरदायित्व” को मुल नारालाई आत्मसाथ गर्दै समाजमा हुने हरेक सामाजिक कार्यलाई सकेको सहयोग गर्दै आफ्नो पहिचानलाई उत्कृष्ट साबित गर्दै अगाडि बढिरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*