प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

निरन्तर न्यूज
२५ असार २०७९, शनिबार २१:३१

एजेन्सी । दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

स्रोतका अनुसार राष्ट्रपतिलाई इस्कर्टिङ गरेर लगिएको थियो । आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।

हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ । सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो ।

प्रदर्शनकारीले स्वस्फुर्त कफ्र्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो । श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ ।

ईन्धन अभावमा विद्यालय बन्द छन् । केही दिनअघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*