मकवानपुरमा लेनदेन मुद्दाका फरारसहित अन्य अपराध गर्नेहरु पक्राउ
हेटाैँडा । मकवानपुर जिल्ला अदालतले गरेको आदेशलाई वेवास्ता गरी फरार रहेको दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अदालतको जेठ ३१ गतेको आदेश अनुसार लेनदेन मुद्दाका फरार प्रतिवादी गढीगाउँपालिका-७ घर भई हाल हेटौंडा-१९ बस्ने ३३ वर्षीय तुलशा बिष्टलाई पक्राउ गरिएको हो । उनलाई नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
अदालतले गतचैत ७ गतेको आदेश अनुसार चेक अनादर मुद्दाका फरार प्रतिबादी हाँडीखोला–५ परिवर्तित हेटौंडा–१९ बस्ने ३६ वर्षीय को सुकबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु दुवैलाई अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाँउपालिका–९, खराङगास्थित कल्पना घलानको घरको कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा भारतीय र नेपाली गरी १० लाख ३५ हजार २४० रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक कैलाश गाउँपालिका–१ का ५३ वर्षीय सानुकान्छा योञ्जनले लुकाएर ल्याएको भारतीय १ लख ९८ हजार नौसय रुपैयाँ र नेपाली ७ लाख १७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार योञ्जन केही लागूऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम मुद्धाका फरार प्रतिबादी समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि योञ्जन र घरधनी कल्पना घलानलाइ नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १५ किलो गाँजासहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय इन्द्रबहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकलबहादुर प्रजा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.७ ख ६०५९ नम्वरको बसमा गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा पुगेको टोलीले बस चेक गर्ने क्रममा इन्द्रबहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकलबहादुरको साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।