चीनका लागि नेपालको राजदूतमा श्रेष्ठ नियुक्त
निरन्तर न्यूज
९ असार २०७९, बिहीबार २०:५१
काठमाडाैं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।