एसपीपी अस्विकार गर्न पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाले प्रस्ताव गरेको उक्त सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
एसपीपीलाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो। उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो। यो सम्झौताका लागि पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले पत्र लेखेको थियो।