नवाेदयमा टेम्पोररी स्लाइड सम्बन्धी अभिमुखीकरण सम्पन्न

निरन्तर न्यूज
४ असार २०७९, शनिबार २२:५७

हेटौंडा । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ ।

हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ बनाउने विषयमा तालिम प्रदान गरिएको हो ।
नवोदय विद्यालयका विद्यार्थीले उक्त कार्यक्रम सहजीकरण गरेका थिए । ‘माइक्रोस्कोप कसरी चलाउने र कोषलाई कसरी हेर्ने भन्ने विषयमा सिक्ने अवसर पायौँ । यो अवसर जुटाइदिनु भएकोमा नवोदय विद्यालयप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा सबिना लामाले भनिन् ।
कार्यक्रममा सहभागिता जनाएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई प्रयोगात्मक तवर

ले जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । विज्ञान विषयको प्रयोगात्मक सीप आफूले मात्र नभई सामूदायिक विद्यालयका विद्यार्थीले पनि केही कुरा सिकून् र आफूले पनि नयाँ कुरा सिक्ने, नयाँ साथी बनाउने अवसर हुने भएकाले गर्दा कार्यक्रम आयोजना गरिएको नवोदय विद्यालयका सहजकर्ता अर्नभ तिवारीले बताए । आउँदो आइतबार पनि श्रमिक माविका कक्षा ७ मा अध्ययन गर्ने बालबालिकालाई उक्त अभिमुखीकरण तालिम दिने तथा आगामी दिनमा पनि विभिन्न सामूदायिक विद्यालयहरुसँग सहकार्य गरी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*