प्रनेम अमेरिकामा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति

निरन्तर न्यूज
६ असार २०७९, सोमबार ०८:४७

अमेरिका स्थित प्रवासी ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा यही जुन १७ देखि १९ सम्म सञ्चालन भएको तीन दिने अधिवेशन सम्पन्न भएको हो।
‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनको बन्द सत्रले संस्थागत आर्थिक, साँगठानिक, प्रगति र सुझावसहितका प्रतिवेदनहरु उपर आवश्यक छलफल गरी पारित गरेको छ। यसैबिच, अधिवेशनले मञ्चको विधान अनुसार आगामी तीन वर्षीय कार्यकालका लागि कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। अधिवेशनले ५ सदस्य पछि चयन गर्ने गरी, ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्ष पदमा गोपाल बँडेल, माया ढुंगाना, गोकर्ण दाहाल र भीम ओलीलाई चयन गरेको छ । भने, सचिव पदमा छवि पाण्डे, उपसचिव पदमा नेत्र पाण्डे, कृष्ण आचार्य, थोमस बाँस्तोला र गोबिन्द खनाल चुनिनु भएको छ।यसैगरी, अधिवेशनले सदस्यहरु पदमा डिबी रावत, अजय कुसवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिल के ताम्राकार, रामकृष्ण बजगाईं, उपेन्द्र रावत, केदार पहारी, भिष्म आचार्य, दुर्गा बिक, ढुंगाना, दिपक सापकोटा, बिजय बञ्जाडे, घनश्याम खनाल, मोहनी डुम्रे, शंकर लुंगेली, मणि भण्डारी र भुवन अधिकारी चयन हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटिका सदस्य, विदेश विभाग प्रमुख यवं प्रवास इन्चार्ज तथा परराष्ट्र विज्ञ डाक्टर राजन भट्टराई प्रमुख अतिथि रहनु भएको अधिवेशनमा, नेकपा (एमाले) संसदीय दलका सचेतक एवं सांसद शान्ता चौधरी र पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे विशेष अतिथि रहनु भएको थियो।
पुरानो कार्य समितिले अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाट चयन भएको नयाँ कार्यसमितिलाई आफ्नो अधिकार तथा जिम्मेवारी हस्तान्तरण समेत गरेको छ। यस लगतै निर्वाचित नयाँ कार्यसमितिले आफ्नो पहिलो बैठक पनि सम्पन्न गरेको नव निर्वाचित कार्यसमितिका अध्यक्ष लामिछानेले जानकारी दिनु भयो। उहाँका अनुसार बैठकले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु हुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। आगामी कार्यकालका लागि मञ्चको बागडोर सर्वसम्मत रुपमा आफूलाई सुम्पिएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष लामिछानेले जिम्मेवारी सुम्पन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सबैप्रति आभार प्रकट गर्नु भयो।’ हार्दिकताका साथ सर्वसम्मत जिम्मेवारी सुम्पिएकोमा खुशी छु।विश्वासका साथ जिम्मेवारी सुम्पनु हुने सबैप्रति नव निर्वाचित कार्यसमितिको तर्फबाट आभार प्रकट गर्दछु।’
उहाँले आगामी दिनहरुमा मञ्चको विधान, विज्ञहरुको सुझाव र सदस्यहरुको अपेक्षासहितको कार्यनिर्देशमा केन्द्रिकृत रहेर आवश्यक गतिविधिहरु गर्ने प्रतिबद्धता जनाउनु भयो।
अमेरिकाको २४ राज्यहरुबाट १६३ जना प्रतिनिधिहरु रहेको अधिवेशनमा अतिथि, प्रतिनिधि, सदस्य, पत्रकार, परिवेक्षक तथा सुवेच्छुकहरु गरी दुई सय बढीको सक्रिय सहभागिता रहको आयोजकले जनाएको छ।
सन् २०१२ मा स्थापना भएको मञ्चको विधान अनुसार प्रत्यक तीन वर्षमा अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था रहे अनुसार, दोश्रो अधिवेशन सन् २०१७ मा सम्पन्न भएको थियो। विधानत: तेश्रो अधिवेशन सन् २०२० मा हुनु पर्ने थियो। तर, विविध कारणले रोकिएकाले ५ वर्ष पछि हाल तेश्रो अधिवेशन सम्पन्न गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*