अमेरिकी सेना सम्झौता एसपिपीबारे गठबन्धन बैठकमा बोले प्रधानमन्त्री

निरन्तर न्यूज
१ असार २०७९, बुधबार १५:३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झाैता नगर्ने आश्वासन दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगकाे भेटवार्तामा देउवाले यस्ताे आश्वासन दिएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलका क्रममा देउवाले एसपीपी सम्झौताबारे सार्वजनिक भएका तथ्यहरूमा सत्यता नभएको बताए ।

‘मुलुकको हितमा नहुने सम्झौता म गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको कुरा हो । सबैको सहमति नहुने विषयमा सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि गर्दिनँ’, देउवालाई उद्धृत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने ।

प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए ।

प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए । देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको भन्दै आश्वस्त पारेका थिए ।

‘हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइने छैनौं । कसैको पक्षमा ढल्कने कुरा हुँदैन । हामी असलंग्न परराष्ट्रनीति छाड्दैनौ भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेपालले पत्रकारहरूसँग भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*