सिंहदरबार कार्यकक्षमै सामान्य प्रशासनमन्त्री माथि हातपात

निरन्तर न्यूज
२६ जेष्ठ २०७९, बिहीबार २०:२८

काठमाडौं । सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि सिंहदरवारस्थित उनकै कार्यकक्षमा हातपात भएको छ।

उनकै कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन्। आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै सांसद यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेको बताइएको छ।

बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोखेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी थिए ।

सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको भने स्वीकार गरे । ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि के–के भनिरहनु भएको थियो, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*