फ्रान्समा बढे मंकीपक्सका संक्रमित

निरन्तर न्यूज
२१ जेष्ठ २०७९, शनिबार ०९:०१

पेरिस । युरोपेली देश फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् ।

फ्रान्समा संक्रमित भएका सबै पुरुष हुन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् । मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*