भारतमा अहिलेसम्म मंकीपक्सका संक्रमित नरहेको दाबी

निरन्तर न्यूज
१८ जेष्ठ २०७९, बुधबार ०६:२८

काठमाडाैं । विश्वका धेरै देशमा फैलिएको मंकीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दाबी गरिएको छ ।

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मंकीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दाबी गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मंकीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मंकीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

सरकारले मङ्कीपक्सको संक्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘भारतमा अहिलेसम्म मङ्कीपक्सबाट सङ्क्रमित कोही भेटिएका छैनन् ।’ (रासस÷एएनआई)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*