आज आमाकाे मुख हेर्ने दिन

निरन्तर न्यूज
१७ बैशाख २०७९, शनिबार १२:२१

हेटौंडा । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ ।

जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातीर्थ औँसी मनाइँदै छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउने गरिन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गर्नुभएका काम सम्झने शास्त्रीय मान्यता रहेको छ । आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्ने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*