केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलद्वारा राप्रपा नेपाल परित्याग
निरन्तर न्यूज
१५ बैशाख २०७९, बिहीबार १३:४१
काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् ।
पौडेलले बुधबार साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल पार्टी अघि बढाएपछि उपाध्यक्षमा मनोनित गरिएका थिए ।