गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानीयाँको उम्मेदवारी दर्ता
निरन्तर न्यूज
१२ बैशाख २०७९, सोमबार १६:४५
हेटौंडा । सत्तारुढ ५ दलीय गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेद्वारी दर्ता गरेको छ ।
गठबन्धनबाट मेयर पदमा नेकपा एकिकृत समाजवादीकी मीना कुमारी लामा र नेपाली कांग्रेसबाट उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।
सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बाँनियाले उम्मेदवारी दर्ता गराएका हुन् ।