सत्ता गठबन्धनबाट हेटौंडाको मेयर मिना लामा !

निरन्तर न्यूज
१० बैशाख २०७९, शनिबार १६:१२

हेटौंडा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा हुने भएकी छिन्। सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भेगमा परेको थियो।
नेकपा एसको आज बसेको बैठकले सिफारिस गरिएका दुईजना मध्ये मिना कुमारी लामालाई मेयरमा उम्मेदवारी टुङ्ग्याएको हो।लामा बहालवाला हेटौंडा उपमहानगरपालिकाकी उपमेयर हुन्।उपप्रमुख पाएको कांग्रेसले अझै उम्मेदवार टुङ्ग्याएको छैन ।यता एमालेले हेटौंडाको मेयरमा संविधानसभा सदस्य आनन्त पौडेललाई उम्मेदवार बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*