शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंगाे लगाउँदै एमाले

निरन्तर न्यूज
१० बैशाख २०७९, शनिबार ११:३४

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुंगो शनिबार लगाउने भएको छ । आइतबारदेखि मनोनयन दर्ताको समय भएकाले आजै उम्मेदवारहरूको टुंगो लगाउनुपर्ने दबाबमा राजीनितिक दलहरू छन् ।

ललितपुर, भरतपुर र वीरगंजको मेयरमा एक-एक जना उम्मेदवारको सिफारिस भएकाले एमालेलाई त्यहाँ केही सहज हुने देखिएको छ । ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको हो ।

उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले बताए ।

अरू तीन महानगरपालिका काठमाडौं, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउने गुरूङले बताए ।

उम्मेदवार टुंगो लगाउन सहज पुग्नेगरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने गुरूङको भनाइ छ । ११ वटा उपमहानगरपालिकाको प्रमुख-उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*