कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाण्डाैँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको बोलाएका छन् । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।
शुक्रबार बस्ने बैठकमा महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन र स्थानीय तह निर्वाचन सम्बन्धमा सन्दर्भमा छलफल हुनेछ ।
काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।