केन्द्रिय गठबन्धनले हेटाैँडाकाे निर्णय पुनरावलाेकन गर्ने कि !

हेटाैँडा । केन्द्रमा बनेकाे पाँचदलीय सत्ता गठबन्धनलाई तल्लाे तहसम्म ल्याइपुर्याउँदा साेचेजस्ताे निर्वाचन परिणाम आउँछ त भन्ने बारे यतिबेला देशैभर बहस चलिरहेकाे छ ।
एकातिर संसद बिघटन गरेर तानाशाही प्रबृत्ति देखाएर जनताकाे याेगदान र बलिदानबाट प्राप्त व्यवस्थालाई नै धरासायी बनाउने प्रतिगगनकाे रुपमा रहेकाे नेकपा एमालेलाई निर्वाचनमा पारजित गराएर साइजमा ल्याउनु पर्ने चुनाैती गठबन्धनलाई रहेकाे छ भने अर्काैतिर भागबण्डालाई मिलान गर्दा प्रतिष्ठित व्यक्तित्वकाे प्रभाव भएकाहरु छाँयामा परेर दलले अघि सारेका व्यक्तिहरु मात्र उम्मेदवार बन्ने हुँदा गठबन्धनमा चुनावी रणनीतिलाई बिजयी परिणाम निकाल्ने बनाउन कम्ता चुनाैती छैन ।
यतिखेर नेकपा एकिकृत समाजवादीका नेताहरु मेयरका लागि अति नै याेग्य र परिवक्व समेत छन् । उनीहरुकाे राजनैतिक संघर्ष र याेगदान पनि महत्वपूर्ण रहेकाे छ । त। पनि निर्वाचन भनेकाे केव मत संख्याहरुकाे याेगफलले जितिने भएकाेले गर्दा ठुलाे मतभार बाेकेकाे दललाई मेयरमा उठाउँदा मत अन्यत्र जान सक्ने सम्भावना न्यून रहन्छ । ठीक यही कुरा थाेरै मतभार भएकाे दललाई दिदाँ भने मत अन्यत्र जान सक्ने सम्भावना उच्च हुन्छ । त्यसमाथी मेयर काँग्रेसले नपाएकाे कारणा काँग्रेस कार्यकर्ता शुभचिन्तकहरुमा तीब्र असन्तुष्टि र अन्तरसंघर्ष जनताले प्रत्यक्ष नियालिरहेकाे कारण यस्ता दृश्यहरु गठबन्धनकाे लागि शुभ संकेत नहुन सक्छ भन्ने तिर ध्यान जान पर्ने देखिन्छ ।

सुरेन्द्र भट्टराई
समग्रमा अहिलेकाे अवस्थामा मकवानपुर जिल्लाकाे हेटाैँडा उपमहानगरकाे परिस्थितिलाई बिश्लेषण गर्दा नेपाली काँग्रेससँग ठुलाे मतदाताकाे भार रहेकाे छ भने जनता समाजवादी पार्टीसँग नगरकाे आर्थिक सामाजिक पूर्वाधारकाे विकासकाे लागि समुचित श्राेत पहिचान र परिचालनकाे दिर्घकालिन याेजना र कार्यान्वयनकाे मार्गचित्र छ । त्यसैले यी दुई कुराकाे फ्युजनबाट निर्वाचनमा जाँदा अत्याधिक मतान्तरले जीत हासिल गर्न सकिने भएकाेले हामीले मेयरमा काँग्रेस र उपमेयरमा जसपालाई अघि बढाउनु पर्ने मत राखि उमपेयरमा गरेका थियाैँ ।
तर हामीसँग नगरमा उपमेयरमा दाबी गर्न सक्ने आफ्नाे मतभार नभएकाेले गठबन्धनमा हामीले उपमेयर पाएनाै । न त ठुलाे पार्टी भनिने काँग्रेसले मेयर पायाे । त्यसैले हेटाैँडा बारेमा भएकाे केन्द्रिय गठबन्धनकाे निर्णय पूनरावलाेकन नहुने हाे भने जीतका लागि गठबन्धनले इमान्दारीताका साथ ठूलाे संघर्ष गर्नुपर्ने अवस्था छ । किनकी हेटाैँडामा एमालेले पनि धेरै दलहरुसँग गठबन्धन गरेर आफुलाई सशक्त बनाउँदै गएकाे छ । गठबन्धन प्रतिगमनलाई परास्त गर्न बनाउनु परेकाे भएता पनि उही प्रतिगमनकारी शक्तिले नै निर्वाचन जित्नेगरी गठबन्धनमा भागबण्डा गर्दा धेरै कुराकाे ह्रास हुनेछ ।
सुरेन्द्र भट्टराई मकवानपुर जिल्ला गठबन्धन संयन्त्रमा जसपाकाे तर्फबाट प्रतिनिधि हुन् ।