४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति
काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । अनुमति पाएका ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ ।
अनुमति पाएका संस्थाका पर्यवेक्षकले तोकिएको मतदान स्थलमा पर्यवेक्षण गर्नेछन् । आफ्नो नामावली भएको स्थानमा उनीहरूले पर्यवेक्षण गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताए ।