मकवानपुरका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निरन्तर न्यूज
८ बैशाख २०७९, बिहीबार १४:४४

हेटाैँडा । स्थानीय तह निर्वाचन २०७९ का लागि मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमा आज बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो ।

आज एक कार्यक्रमका बीच जिल्ला अदालतका न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रुपमा हेटाैँडा उपमहानगरपालिकाकाे कार्यालय स्थापना गरिएको हो । जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको  र  निर्वाचन सम्पन्न गर्न करीब ३ हजार कर्मचारी खटिएकाे श्रेष्ठले बताए ।

कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको अनुसार नै कार्यालयहरु स्थापना गरिएकाे श्रेष्ठले बताए ।

स्थानीय तह निर्वाचनमा भयरहित बिजाराेपण गरेमा उत्पादन पनि भयरहित आउने श्रेष्ठले बताए । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले सभ्य समाज निर्माणका लागि आचरसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सन्चारकर्मीहरुलाई अधिकृत श्रेष्ठल आग्रह गरेका छन् ।

निर्वाचनमा आवश्यक पर्ने सबै प्रकारका सुरक्षा प्रदान गर्न प्रशासन प्रतिवद्ध रहेकाे प्रजिअ भरतमणी पाण्डेले बताए । जिल्लाका १९ वटा अति सम्वेदनशिल र ६० वटा सम्वेदनशील मतदान केन्द्रकाे निरीक्षण गरि नेपाली सेनालाई ब्याकअपकाे रुपमा राखेर सुरक्षा फाेकस गरिरएकाे समेत प्रजिअ पाण्डेले बताए । प्रजि पाण्डेले सम्पूर्ण मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रीय अनुसन्धान गरि ४ वटै सुरक्षा निकाय परिचालन गरिएकाे पाण्डेले बताए । मकवानपुरमा १ हजार ४ सय ७१ म्यादी प्रहरी खटिने छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी, एमालेका मदन दाहाल, नेकपा एकिकृत समाजवादीका मिना लामा तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले आ आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*