गठनबन्धनमा सम्मानजनक सीट नपाए जसपाकाे अलग माेर्चा बन्ने

निरन्तर न्यूज
७ बैशाख २०७९, बुधबार २१:५३

हेटाैँडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलहरु हाेमिएका छन् ।

यसै बीचमा सत्ता साझेदार गठबन्धन दल पनि देशभरका सहमतिकाे आधारमा अधिकांस महानगर र उपमहानगरकाे नेतृत्व कसले लिने बारे निर्णय गरिसकाेकाे छ । मकवानपुरमा पनि गठबन्धनले सहमतिकाे गाँठाे फुकाउने काेशीस गरिरहेकाे छ । आज बसेकाे केन्द्रिय गठबन्धनकाे बैठकबाट नेपाली काँग्रेसले प्रबल दाबेदारी प्रस्तुत गरिरहहकाे हेटाैँडा उपमहानगर नेकपा एकिकृत समाजवादीलाई दिने निर्णय गरेकाे छ । यसले केही तरंगित बनाएकाे छ ।

आफुलाई उपमेयरकाे दाबेदार गरिरहेकाे जनता समाजवादी पार्टीले गठबन्धनकाे निर्णयलाई स्विकार गरेर अघि बढ्ने बताएकाे छ । निरन्तर न्युजसँगकाे कुराकानीमा गठबन्धनले हाम्राे पार्टीकाे भूमिका र जनमत पाएकाे आधारमा नेतृत्व दिदाँ प्रतिगमनलाई निर्वाचनमा पराजित गर्न सहज हुने गठबन्धन संयन्त्रका सदस्य सुरेन्द्र भट्टराईले जानकारी दिए । गठबन्धनले जसरी पनि चुनाव जित्नै पर्छ त्यसैले हार्नलाई गठबन्धनमा दाबी नगर्न नेता भट्टराईकाे गठबन्धन दलहरुलाई आग्रह गरेकाे बताउँछन् । नेकपा माओवादी केन्द्रकाे अनावश्यक मागका कारण जिल्लामा गठबन्धन हुन नसकेकाे भट्टराईकाे आराेप छ । माओवादीले ४६ वडा अध्यक्ष, ५ वटा पालिकाका प्रमुख, ४ वटा उपप्रमुखसहित जिल्ला समन्वय समितिमा समेत दाबी राखेर अहिले सम्म हलाे अड्काउने काम गरेकाे नेता भट्टराईकाे आराेप छ ।

जसपाकाे बटम लाइन

जनता समाजवादी पार्टीले जिल्लामा हेटाैँडा उपमहानगरकाे उपप्रमुख र १९ नम्बार वटा अध्यक्षसहित ८ वटा वडा अध्यक्ष सहितका सदस्यहरुकाे दाबी गरेकाे छ । हेटाैढा उपमहनगरकाे उपमेयर, हेटाैँड उपमहानगर वार्ड १९, इन्द्र सराेवरकाे २ र ५, राक्सिराङ ४ कैलाश ८ मनहरी ५ लगायतका स्थानमा दाबी रहेकाे बताइएकाे छ ।

यसरी दाबी प्रस्तुत गरेता पनि लचकता अपनाएर अघि बढ्न सक्ने नेता भट्टराइले बताए । लचकताकाे नाममा सानाे पार्टी भनेर अपहेलना गर्न खाेजिए त्यस्ता प्रबृत्तिबिरुद्ध जसपा खराे ढ‌गले उत्रने नेता भट्टराईले बताए । जसपा एक्लै लडेर आफ्नाे हैसियत र स्थान सुरक्षित राख्न सम्भव रहेकाे कुरामा गठबन्धन स्पष्ट हुनुपर्ने भट्टराईकाे प्रस्ट्याँइ रहेकाे छ । हरेक दलले आफ्नाे हैसियत याद राख्न भट्टराइले अनुराेध समेत गरे ।

साेनाम सिं स्याङतान

 

गठबन्धनमा सहभति नभए जसपा छुट्टै रणनीतिमा चल्छ

जनता समाजवादी पार्टी बागमती प्रदेशका अध्यक्ष साेनाम सिं स्याङतानले गठबन्धनमा सम्मानजनक भागबण्डा नगरेकाे असर केन्द्रसम्म पर्ने बताएका छन् । निरन्तर न्यूजसँग कुरा गर्दै नेता स्याङ्तानले गठबन्धनकै कारण नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र राजेन्द्र पाण्डे बागमती प्रदेशकाे मुख्यमन्त्री नबन्ने कुरा गम्भीर ढंगले साेचबिचार गर्न गठबन्धनका नेतृत्वलाई स्मरण गराएका छन् । जसपाले राखेकाे बटमलाइनमा केही लचकता अपनाउन सकिने तर हेटाैँडा १९ सहितका हाम्रा बिजयी सुनिश्चित हुने स्थानमा किचङ्गलाे गरे जसपाले छुट्टै रणनीतिक याेजना अनुसार अघि बढ्ने नेता स्याङतानकाे भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*