सहमति नबने मित्रवत् प्रतिस्पर्धा गरिने

निरन्तर न्यूज
७ बैशाख २०७९, बुधबार १९:५१

काठमाडौं । सत्तारूढ दलहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा भागबन्डा मिलाई जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकाको भागबण्डा मिलाएका हुन् ।

‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्व सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्ध भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो,’ पाँच दलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*