सत्ता गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा

निरन्तर न्यूज
७ बैशाख २०७९, बुधबार १९:४८

काठमाडौं । सत्तारूढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारूढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

आज बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’

कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ । माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

local.jpg
loelections.jpg

 

  • सम्बन्धित विषय:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*