नेपाली काँग्रेस मकवानपुर कार्यालयमा लगाइयो ताला
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा तरुण दल हेटौंडा उपमहानगर समितिले दबाब स्वरूप तालाबन्दी गरेको छ ।
हेटौंडा उपमहानगर समितिको बैठक बसिरहेको बेलामा हेटौंडाको मेयर सहित बहुमतसदस्यको माग सहित तालाबन्दी गरेको हो।
रुख बाहेक अन्त भोट हालिदैन, गठबन्धन मानीदैन भन्दै चर्को नारावाजी गरेका थिए । टोलीले जिल्ला सभापति बुद्ध लामा तथा पदाधिकारीको कक्षमा समेत ताला लगाएका थिए ।