निष्पक्ष निर्वाचनमा कर्मचारीको भुमिका महत्वपुर्ण छ : मुख्य निर्वाचन अधिकृत श्रेष्ठ
हेटौंडा । मकवानपुरका मुख्य निर्वाचन अधिकृत एबम् जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानिय तहको निर्वाचनलाई निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेबक कर्मचारीको ठुलो जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरुको बैठकमा निर्वाचन आचारसंहिताको पालना र निर्वाह गर्नुपर्ने भुमिकाबारे जानकारी दिंदै यस्तो बताउनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले राष्ट्रसेवक कर्मचारीले कुनैपनि राजनैतिकदलको प्रचारप्रसार गर्न र बिभिन्न कार्यक्रममा भाग नलिगी तटस्थता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो“लोकतन्त्रमा आ—आफ्नो बिचार सबैको हुन्छ तर कर्मचारीको भुमिका निर्वाह गर्दा निर्वाचन आचारसंहिता पालना गर्नैपार्छ ।”
म्कवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्थानिय तहको निर्वाचनलाई निश्पक्ष गराउनु सबैको साझा दायित्व रहेको बताउदै स्थानियतहको निर्वाचनलाई उत्साहजनक बनाउनुपर्ने बताउनुभयो ।
प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाका प्रमुख लुङनाथ पोखरेललेस्थानिय निर्वाचनको तयारी भैरहेको जानकारी दिंदै जिल्लामा निर्वाचन्मा खट्ने कर्मचारीको बिबरण संकलन, मतदानस्थलको निरिक्षण, अनुगमन र सम्बन्धित निकायहरुसंग समन्वय र छलफल भैरहेको जानकारी दिनुभयो । जिल्लाका निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशक्त प्रहरी सहित बिभिन्न संस्थानका कार्यालय प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको बैठकमा सहभागीहरुले निर्वाचनका बिषयमा जिज्ञासा राखेका थिए ।
मकवानपुरमा कूल मतदाता करिब ३ लाख
१० वटा स्थानिय तह रहेको मकवानपुरमा कूल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० जना रहेको छ । बिगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९ सय ४६ जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार ईन्द्रसरोबर गाँऊपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाँऊपालिकामा १४ हजार ६ सय २०, थाहा नगरपालिकामा ३२ हजार ३ सय १६, बकैया गाँऊपालिकामा ३० हजार १३, वाग्मती गाँऊपालिकामा २२ हजार ९०, भिमफेदी गाँऊपालिकामा १७ हजार ४ सय ९०, मकवानपुरगढी गाँऊपालिकामा १९ हजार १ सय ५०, मनहरी गाँऊपालिकामा २६ हजार ७ सय ५१, राक्सिराँग गाँऊपालिकामा १५ हजार ८ सय ७३ र हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४ सय ७३ रहेको निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
२०७४ सालको स्थानियतहको निर्वाचनमा मकवानपुरमा २ लाख २७ हजार ७ सय मतदाता रहेको थियो ।
स्थानिय तहको निर्वाचनका लागि मकवानपुरको १ मतदान स्थल सारिने र १ थपिने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका —४ स्थित बासुदेशसभागृहको मतदानस्थल सारेर हेटौंडा उपमहानगरपालिका—४ भुटनदेबी माध्यमिक बिद्यालयमा सारिने निर्णय भएको निर्वाचन कार्यालयले जनाएको छ । बासुदेबसभागृह भत्काएर नयाँ भवन निर्माण कार्य भैरहेकोले मतदानस्थल सारिएको जनाइएको छ । त्यसैगरी मनहरी गाँऊपालिकामा १ मतदानस्थल थप्ने निर्णय भएको छ । मनहरी—६ मा मतदानस्थल थपिने बताइएको छ । रासस