सकियो ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ

निरन्तर न्यूज
५ बैशाख २०७९, सोमबार १८:२४

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यमहरुले निर्वाचनसम्बन्धि रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारसँग अन्तरक्रिया गर्ने भएको छ । आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोली काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिए । यस अघि निर्वाचन आयोगले प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत् पठाउन पनि पत्राचार गरेको छ । साईन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरुपता ल्याउनका लागि नमुना पठाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेले बताए ।

आयोगले स्थानीय तह निर्वाचनको लागि आजसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकेको पनि जनाएको छ । १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्म सो परिणाममा मतपत्र छपाई सकिएको पनि प्रवक्ता पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*