केन्द्रसम्म पहुँच देखाएर हेटाैँडाकाे मेयर बन्ने दाउमा पराजुली र दाहाल
हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलबीच गठबन्धन गर्ने केन्द्रिय नीति रहेता पनि पछिल्लाे समय अधिकांश स्थानमा गठबन्धन ताेडिसकिएकाे छ ।
यसकाे असर बागमती प्रदेशकाे एक मात्र उपमहानगर हेटाैँडामा समेत परेकाे छ । नेपाली काग्रेश मकवानपुरका नेताहरुले हेटौंडा उपमहानगरपालिकाको मेयरमा काग्रेशले पाउनुपर्ने केही समय अघिबाटै माग राखिरहेका थिए । त्यसमा पनि अधिकांसले गत निर्वाचनमा निकटतम प्रतिद्वन्दि बनेका आनन्दराम पराजुलीलाई नै उम्मेदवार बनाउने काँग्रेस बृतमा चर्चा चलेकाे थियाे ।
केही समय अगाडी सम्पन्न काँग्रेस जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी बनेका पराजुलीले दाेश्राे चरणकाे निर्वाचनबाट बाहिरिदा नै उपमहानगरकाे मेयर पाउने शर्त राखेर बाहिरीएकाे हल्लाले बजार तातेकाे थियाे । साेही अनुरुप पराजुलीले मेयर पाउनुपर्ने माग अधिकांस काँग्रेस कार्यकर्ताकाे माग रहेकाे थियाे ।
तरु राजनीति कहाँ ठाेस हुन्छ र ? यसै बीचमा केन्द्रिय अधिवेशनमा काँग्रेस सभापति शेर बहादुर देउवालाई नेता प्रकाश मान सिंहले सहयाेग गरेपछि सिंहलाई पनि देउवाले सहयाेग गर्ने क्रममा काठमाण्डाैँ र हेटाैँडाकाे मेषर दिने चर्चा चलेकाे थियाे । साेही क्रममा मकवानपुर काँग्रेसका युवा नेता प्रभात कुमार दाहालले उपमहानगरकाे मेयर दाबी गरे । किशाेर अवस्थादेखि काँग्रेसमा लागेकाे भन्दै काँग्रेसलाई यहाँसम्म ल्याइपुर्याउन आफ्नाे मेहेनत र लगानी रहेकाे बताउँदै मेयर पदकाे आकांक्षी रहेकाे बताउँदै आएका छन् । दाहालले पनि सभापति देउवा सहित काग्रेशका केन्द्रीय स्तरका नेताहरुसंग भेट गर्नु भएको छ । आफ्ना पक्षका कार्यकर्ता लिएर उहाँ देउवाकहाँ पुग्नु भएको थियो । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बाँनीयलाई ठक्कर दिन आएकाे बुझिएका पराजुलीलाई साइजमा ल्याउने उचित समय भन्दै बाँनीयाकै उपस्थितिमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई दाहालासँग भेट गराएपछि माहाेलले अर्कै माेड लियाे । दाहालकाे इन्ट्रीले काँग्रेस मकवानपुरमा बहस र छलफल चल्न थाले । पार्टीले कसलाई मेयर बनाउने आधिकारीक निर्णय नभएकाेले आफु प्रबल दाबेदार रहेकाे दाहालकाे प्रस्तुती पछि पराजुलीलाई समस्या पर्न थाल्याे ।
दाहाल भन्दा म के कम छु र भन्दै पराजुलीले पनि प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई आफ्नाे टाेली सहित गएर भेट गरे । यसै क्रममा पराजुली निकटका नेता कार्यकर्ताहरुले देउवालाई भेटेर काग्रेशले मेयर पाउनुपर्ने गठबन्धनभित्रका दलहरुलाई अरु पद भागलगाउनुपर्ने माग समेत गरेका छन् । त्यसमा पनि पराजुली नै मेयरकाे उचित पात्र रहेकाे भन्दै उमेदवार बनाउनका लागि देउवासँग माग समेत गरेका छन् । एमालेलाई हराउन सक्ने एकमात्र उमेदवार भन्दै पराजुलीलाई टिकट दिलाएमा काँग्रेसले हेटाैँडा उपमहानगरकाे मेयर जित्ने दाबी समेत देउवालाई गरेका थिए । पराजुलीको टोलीले देउवासँगै काँग्रेश महामन्त्री गगन थापा, गृह मन्त्री बालकृष्ण खाँड, पार्टी प्रबक्ता प्रकाश शरण महातलगायतलाई भेट गरेकाे बताएका छन् । गठबन्धनका दलहरुका बिचमा नेकपा एसले हेटौंडाको मेयर पाउने हल्ला चलिरहेका बेलामा काग्रेशका सम्भावित उमेदवारहरुले काग्रेशका केन्द्रका नेताहरुलाई भेट गर्नेक्रम चलिरहेको छ ।
यता जिल्ला मा गठबन्धन भने अन्याैलमा रहेकाे छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चालाई सानो दल भनेर गठबन्धनमा उचित सम्मान नदिएकाे भन्दै जसपा एक्लै चुनाव लड्न सक्षम रहेकाे जसपाका एक नेताले बताए । वहाँहरु मात्र भाग लागाउने भन्नुहुन्छ हामीलाई सम्मानजनक सीट दिनेबारे नेपाली काँग्रेस गम्भिर नभएकाे उनकाे आराेप छ । जसपाले हेटाैँडाकाे उपमेयर सहित, हेटाैँढ १९ वडा अध्यक्ष, हेटाैँडा नगरका बिभिन्न वार्डमा सदस्य जिल्ला समन्वय समितिमा सदस्य, मनहरी, कैलाश, राक्सिराङ, इन्द्रसराेवरलगायतमा दाबी गरेकाे छ । समयमा गठबन्धनकाे बैठक बस्न नसक्नु र साना दललाई महत्वका साथ नहेर्नुकाे कारण साना दलकाे मतले निर्णायक भूमिका लखेल्ला भन्न सकिन्न ? यस अघि पनि तत्कालिन नयाँ शक्तिलाई हेटाैँडा १९ नम्बर वार्ड अध्यक्षमा काँग्रेससँग सहमति नहुँदा काँग्रेसले मेयर समेत गुमाउनु परेकाे थियाे । स्वभाविक रुपमा जनमाेर्चा, नेकपा एस र माओवादी केन्द्रकाे दाबीले पनि गठबन्धनमा सहमति हुन सकस भएकाे हाे ।