लुम्बिनी विकास कोषको सल्लाहकारमा सिद्धार्थ गुरुङ नियुक्त

निरन्तर न्यूज
३ बैशाख २०७९, शनिबार १०:४१

काठमाडौँ । रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त भएका छन् ।

कोषले उनलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी उनी तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष हुन् । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध छन् ।

सामाजिक सेवामा रुचि राख्नु हुने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग समेत गर्दै आएका छन् ।

सल्लाहकार नियुक्ती भएपछि गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशिल भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले नेपाल वुद्ध जन्मेको देश हो भनेर विश्वमा चिनिएको यस ठाउँलाई अझै थप प्रचारप्रसारमा योगदान पुर्याउनुका साथै कोषलाई आवश्यक सरसल्लाह दिनमा कुनै कञ्जुस्याई नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*