आज मध्यपुर थिमिमा मनाइयाे बिस्का जात्रा

निरन्तर न्यूज
२ बैशाख २०७९, शुक्रबार १७:०४

काठमाडौं । प्रस्तुत तस्बिरमा मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा आज बिहान बिस्का जात्रामा सहभागीहरुलाई देखाइएको छ । जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल(टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

यो जात्रा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो। यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट ल्याएर यो जात्रा मनाइएको छ । रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*