हेटाैँडाकाे उमपेयर एमालेले राप्रपा नेपाललाई छाड्ने संकेत, हेटाैँडा २ र ६ वडामा पनि दाबी !

निरन्तर न्यूज
१ बैशाख २०७९, बिहीबार २१:२७

हेटाैँडा । नेकपा एमाले र राप्रपा नेपालवीचको चुनावी तालमेलपछि मकवानपुरकाे स्थानीय तहका उम्मेदवार चुनिन छलफल शुरु गरिएकाे छ ।

बुधबार केन्द्रमा औपचारिकरुपमा एमाले र राप्रपा नेपालवीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एउटै चिन्हबाट उम्मेदवारी दिने भएसँगै जिल्लामा छलफल चल्न थालेकाे छ । यस अघि एमालेले छनाेट गरेका उम्मेदवारमा समेत हेरफेर हुन सक्ने भएकाे छ ।

यस्तो अवस्थामा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाको गृह जिल्ला तथा वाग्मती प्रदेशको राजधानी हेटौंडामा राप्रपाले उपमेयरसहित विभिन्न वडा अध्यक्षको दावी गर्ने बुझिएको छ ।

स्रोतका अनुसार हेटौंडामा राप्रपाले उपमेयरसहित दुईवटा वडा दावी गर्ने भएको छ । एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भएपछि राप्रपाले महिलालाई उपमेयरको रुपमा अगाडि सार्ने सम्भवना रहेको छ ।
राप्रपाले हेटौंडा–२ र ६ नम्बर वडामा आफूले दावी गर्ने बुझिएको छ । स्रोतका अनुसार हेटौंडा–२ र ६ मा राप्रपा र एमालेवीच मिल्दा सहजै चुनाव जित्ने सम्भवना रहेको छ । यसैगरी राप्रपाले वकैयाँ र वाग्मती गाउँपालिकामा पनि केही वडामा दावी गर्ने बुझिएको छ । राप्रपा नेपालको तर्फबाट गतस्थानीय तह निर्वाचनमा हेटौंडा–६ मा एकमात्र महिला सदस्य निर्वाचित भएकि थिइन् ।

छलफलमा एमाले नेता तथा सांसद कृष्ण प्रसाद दहाल, केन्द्रिय सदस्य प्रदेश सांसद पुर्ब मन्त्री जुनेली श्रेष्ठ , जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ , उपाध्यक्ष लाल बहादुर थापा र राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बालकृष्ण कार्की, जिल्ला अध्यक्ष गुरु प्रसाद सापकाेटा र मकवानपुर १ “ख” अध्यक्ष दामोदर वाग्लेकाे सहभागीता रहेकाे थियाे । छलफल नेकपा एमालेकाे जिल्ला कार्यालयमा भएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*