ठूला दल बेरोजगार उत्पादन गर्ने कारखाना बने : लिङ्देन

निरन्तर न्यूज
१ बैशाख २०७९, बिहीबार २१:१३

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न राजनीतिक परितर्वन भए पनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका हुन् ।

उनले देश असफल भए नेताहरुको केही नबिग्रने तर युवाहरुको भविष्य बिग्रने उल्लेख गरे । उनले देश सबैभन्दा माथि रहेकाे उल्लेख गर्दै राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाए । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनले जिकिर गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*