पुटिन तानाशाह हुन् : अमेरिकी राष्ट्रपति बाइडेनले

निरन्तर न्यूज
३० चैत्र २०७८, बुधबार ०७:४७

एजेन्सी, किभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए ।

यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*