राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

निरन्तर न्यूज
२९ चैत्र २०७८, मंगलवार २०:३५

हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उहाँले सेना परिचालनको लागि स्वीकृति दिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*