बागमती प्रदेश प्रमुखद्वारा ४ वटा अध्यादेश जारी
हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ वटा अध्यादेश जारी गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालयबाट सिफारिस भइ आएको विभिन्न ४ वटा अध्यादेश जारी गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले स्थानीय तहको सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७८, प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७८ जारी गर्नुभएको हो ।
यस्तै विभूषणको सिफारिस तथा सम्मान र पदक सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो संशोधन अध्यादेश २०७८ जारी गर्नुभएको हो ।