कमल थापाकाे जिल्लामा कड्किए लिङ्देन : जनताले कांग्रेस, एमाले, माओवादीको विकल्प खाेजेकाे दाबी

निरन्तर न्यूज
२८ चैत्र २०७८, सोमबार ०७:२६

हेटाैँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले  र माओवादीलाई मुलुक असफल बनाउने छुट नभएकाे बताएका छन् ।

आइतबार हेटौंडामा भएको वृहत कार्यकर्ता भेललाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेकोभन्दै तपाइहरु आफ्नो पार्टीलाई असफल बनाउनुहाेस तर देशलाई टाट पल्टिनबाट जाेगाउनु लाग्नुपर्ने बताएका छन् ।

नेता लिङ्देनले देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेकोभन्दै अबद देशले कांग्रेस, एमाले, माओवादीको विकल्प खोजेको दावी गरे ।

नेता लिङ्देनले देशकाे आर्थिक अवस्था सुधार्न याे सरकारसँग कुनै योजना नभएको बताए । बैंक पैसा छैन भन्छ तर नेताहरुकाे घर घरमा पैसा रहेकाेले मुलुक असफल राष्ट्रको बाटोमा गएको प्रति लिङ्देनले चिन्ता ब्यक्त गरे । लिङ्देलले कम्युनिस्टहरुले राज परिवारबारे गलत प्रचार गरेको आरोप समेत लगाए । सभालाई रेखा थापालगायतले सम्वाेधन गरेका थिए ।

भेलामा बिभिन्न पार्टी परित्याग गरि करिब सातसय जना राप्रपा प्रवेश गरेको मकवानपुर राप्रपाकाे दावी रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*