केपी ओलीले ठूलै प्रतिगमन गरेका थिए, त्यसलाई उल्ट्याउन सफल भयौं : प्रचण्ड
सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ कुराक्क खुलासा गरेका छन ।
सिरहामा रामप्रताप साह प्रवेशद्वार उद्घाटन तथा नगर अस्पताल भवन शिलान्यासमा पुगेका अध्यक्ष प्रचण्डले गत साल आफूहरूले ठूलो त्याग र बलिदानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने षडयन्त्र भएको बताए। “केपी ओलीले पार्टीमा अल्पमतमा परेका हुनाले संसद विघट गर्ने अपराध गरे। नेपाली जनताले ७० वर्षदेखि लडेर ल्याएको त्याग र बलिदान उल्ट्याउने दुस्साहस गरे उनले। तपाईंहरूलाई थाहा छ। यो ठूलो र गहिरो कुरो हो। त्यो षडयन्त्र सफल भएको भए देश दुर्घटनामा पोहोरै परिसक्ने थियो,” उनले खुलासा गरेको बताए।
आफ्नो लागि यहाँको ठाउँ परिचित भएको र राजनीतिक रूपले घनिष्ठ रूपले जोडिएको ठाउँ भएको पनि उनले बताए।