बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : कमल थापा

निरन्तर न्यूज
२१ चैत्र २०७८, सोमबार १७:०२

रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् । संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि बढेका अध्यक्ष थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा नेपालमा प्रवेश गरेका थापाले आफूलाई राजदरबारले हराएको भन्दै राजसंस्थाको एजेण्डा त्यागेको बताउँदै आएका छन् ।

राप्रपा महाधिवेशको बन्दसत्रमा राजसंस्थाको आवश्यकता र अपरिहार्यताबारे व्याख्या गर्दै प्रतिवेदन पेस गरेका थापा अध्यक्षमा पराजित भएपछि पूर्वराजपरिवारप्रति आक्रोशित हुँदै आएका छन् । राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले बिगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए ।

विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए ।

बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार ठूला भनिने दलहरू मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएकोसमेत आरोप लगाएका उनले भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने बताए । धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्दतर्फ जानेमा समेत थापाको चिन्ता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*