जनकपुर पुगे प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन् ।
सहिद रामवृक्ष यावदको शालिक अनावरण गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृतिसभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।
तत्कालिन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।
पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो ।